NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तनहुँ १ मा रामचन्द्र पौडेललाई शंकर भण्डारीको चुनौती, कसले हत्याउला टिकट ?

काठमाडौं । तनहुँ १ बाट चुनाव लड्न पार्टीमा निवेदन हालेका कांग्रेस नेता रामचन्द्र पौडेललाई पार्टी भित्रैबाट चुनौती थपिएको छ ।

जिल्ला कार्यसमितिले आवेदन खुलाएपछि पौडेलले उम्मेदवार हुने भन्दै निवेदन दर्ता गराएका थिए । तर अघिल्लोपटक तनहुँ २ मा उठेर पराजित भएका शंकर भण्डारीले पनि यसपटक तनहुँ १ बाटै उठ्ने भन्दै पार्टीमा निवेदन हालेका हुन् ।

२०७४ सालमा तनहुँ १ बाट पौडेल तत्कालीन एमालेका किसान श्रेष्ठसँग ६८०२ मतले श्रेष्ठसँग पराजित भएका थिए । यसपटक एमालेबाट श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा पुगेका छन् । गठबन्धनबाट चुनाव लड्ने हुँदा यसपटक उम्मेदवारको तालमेल मिलाउन यो क्षेत्रमा कठिन हुने देखिएको छ ।

कांग्रेसका भण्डारीले २०७४ सालमा तनहुँ २ बाट एमालेका केदार सिग्देलसँग ३२७९ मतको पराजय बेहारेको थिए ।

श्रेष्ठ २ बाट उठे पनि आन्तरिक रुपमा तनहुँमा उम्मेदवार मिलाउन कांग्रेसलाई सकस पर्ने देखिएको हो ।

पौडेल र भण्डारीमात्रै होइन गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि यही क्षेत्रबाट चुनाव उठ्ने भन्दै पार्टीमा निवेदन हालेका छन् ।
अर्का नेता प्रदीप पौडेलले पनि यसपटक तनहुँबाटै प्रतिनिधिसभामा उम्मेदवारी दिने बताउँदै आएका छन् । अघिल्लोपटक प्रदेशसभामा थोरै मतले पराजित भएका पौडेलले यसपटक प्रतिनिधिसभा रोजेका हुन् ।

यतिमात्रै होइन ध्रुव वाग्लेसहितका नेताले पनि यसपटक प्रतिनिधिसभाको क्षेत्र ताकेका छन् ।

दुवै क्षेत्र कांग्रेसले नपाउने

तनहुँमा २ क्षेत्र छन् । कांग्रेसका नेता पनि धेरै छन् । तर दुवै क्षेत्र कांग्रेसले पाउने सम्भावना कम छ । अघिल्लोपटक दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेबाट नेकपा एकीकृत समाजवादी पुगेका किसान श्रेष्ठ अर्का बलिया उम्मेदवार हुन् । उनले अघिल्लोपटक रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

यसैले एक क्षेत्र नेकपा एसलाई छोड्नैपर्ने भएको छ । तालमेलमा एक क्षेत्र छोडेपछि कांग्रेसले प्रतिनिधिसभामा १ क्षेत्र पाउनेछ । तर एक सिटका लागि कांग्रेसका प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, ध्रुव वाग्ले मैदानमा उत्रिने तयारीमा छन् । यी आधा दर्जनको दाबेदारीबाट कांग्रेसलाई उक उम्मेदवार छान्न सकस पर्ने देखिएको हो । चुनाव हुने ४ मंसिर नजिकिंदै जाँदा दाबेदार खुल्न लागेका हुन् ।

सातौंपटक निर्वाचन लड्न पौडेलले हाले पार्टीमा निवेदन