NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ज्ञानेन्द्र मल्ल र रोहित पौडेल चम्किएपछि केन्यालाई दियो नेपालले चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । ज्ञानेन्द्र मल्ल र रोहित पौडेल चम्किएको अन्तिम खेलमा नेपालले केन्यालाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको हो ।

केन्याविरुद्ध ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका छन् । मल्लले ४४ बलमा ५९ रन बनाएका हुन् । यस क्रममा उनले २ छक्का र पाँच चौका प्रहार गरे । ५९ रन बनाउँदा उनी आउट भए ।

रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ४७ रन बनाए । अर्जुन साउदले २१ बलमा २९, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए ।
पवन सर्राफ १ रनमै आउट भए ।

नेपालले अघिल्लाे दिन १०२ रनकाे लक्ष्य पनि पछ्याउन सकेकाे थिएन ।

नेपालले अन्तिम पाँच अाेभरमा चार विकेट गुमाएर ४७ रनमात्रै जाेड्न सक्याे । अन्तिम अाेभरमा नेपालले ३ रनमात्रै जाेड्दा १८० रन कटाउन चुक्याे ।

याे सिरिजमै याे उच्च स्काेर हाे ।

अब सिरिज जित्न नेपालले कसिलाे बलिङ गर्नुपर्नेछ ।