NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

ज्ञानेन्द्र र रोहित चम्किएपछि केन्याविरुद्धको टी–२० सिरिजमा नेपालको कब्जा

काठमाडौं । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले सानदार ब्याटिङ गरेपछि नेपालले केन्याविरुद्धको टी–२० सिरिज जितेको छ ।

पाँच खेलको सिरिज नेपालले ३–२ ले जितेको हो । अघिल्लो दिन १०२ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाल सात रनले पराजित हुँदै एक खेल अगावै सिरिज जित्नबाट बञ्चित भएको थियो । तर मंगलबार ब्याटिङमा नेपालको सानदार लय देखिएपछि सहजै केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जित्न सफल भएको हो ।

केन्याले २० अाेभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै जाेड्न सक्याे ।

केन्याविरुद्ध ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४४ बलमा ५९ रन बनाएका हुन् । यस क्रममा उनले २ छक्का र पाँच चौका प्रहार गरे । ५९ रन बनाउँदा उनी आउट भए ।

रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ४७ रन बनाए । अर्जुन साउदले २१ बलमा २९, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए ।
पवन सर्राफ १ रनमै आउट भए । बलिङतर्फ सन्दीप लामिछानेले दुई विकेट लिए ।

नेपालविरुद्ध इरफान करिमले २८, कोलिन्स ओबुयाले २३ रन बनाए । अाेदियम्बाेले ३७ रन बनाए ।