NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ सुरू

तनहुँ । एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोपमा लामो समयदेखि जेलमा बस्दै आएका अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाह आफैले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।