NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कास्की १ बाट उम्मेदवारमा आफ्नो नाम आएपछि के भने गगन थापाले ?

काठमाडौं । काठमाडौं ४ बाट उम्मेदवार हुँदै आएका कांग्रेस महामन्त्री गगन थापाले कास्की १ बाट मंसिर ४ को लागि उम्मेदवारमा दरखास्त हालेपछि प्रतिक्रिया दिएका छन् ।

कास्की १ थापालाई प्रस्तुत गरेपछि उनले निर्वाचन क्षेत्र फेर्न लागेको हो कि भनेर चर्चा भइरहेपछि गगनले मुख खोलेका हुन् ।

‘कास्की क्षेत्र नं. १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद !’ थापाले सामाजिक संजालमा लेखेका छन्, ‘मैंले काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।’

तर परम्परागत क्षेत्रको सट्टा कास्की कांग्रेस सचिव भानुभक्त ढकालले थापा कास्की १ बाट उम्मेदवार बन्ने भन्दै निवेदन हालेका थिए । उनको निवेदनले चौतर्फी चर्चा भएपछि थापाले पुरानो क्षेत्रबाटै निर्वाचनमा उठने बताएका हुन् ।

गगगनले २०७४ मा एमालेका राजन भट्टराईलाई पराजित गरी चुनाव जितेका थिए । थापा ३४१८ मतले विजयी भएका थिए ।

यसपटक सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले ४ मा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लड्दैछ ।

काठमाडौं ४ मा लड्दै आएका गगन थापा कास्की १ बाट उम्मेदवार !