NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

किर्ते मोही बनाएर डेढ करोड भ्रष्टाचार, सिडिओसहित १३ जनविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही कायम गरी मुआब्जा वितरण गर्ने धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोे छ । जिल्लाको भरतपुर गाउँ विकास समिति अन्तर्गतको उक्त जग्गा नेपाली सेनाका लागि अधिग्रहण भएको थियो ।

धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमले गुठी संस्थाको खातामा भुक्तानी हुनुपर्ने पैसा नक्कली मोहीको खातामा भुक्तानी गराएका थिए ।

उनीसँगै गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजुबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोज कुमार आचार्य, तत्कालनि वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, मुआब्जा बुझ्ने गायत्रीदेवी जयसवाल, उनका छोरा शत्रुधन जयसवाल, विचौलिया सुमनकान्त ठाकुर, उपेन्द्रलाल कर्ण कायस्थ, मनोजलाल कर्ण, सूर्यनारायण लालकार्ण, जिल्ला अदालत धनुषाका तत्कालीन डि.हविव साह, गुठी संस्थानका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोदकुमार कर्णविरुद्ध मुद्दा दायर भएको हो ।

गुठीको स्वामित्व रहेको उक्त जग्गामा किर्ते मोही कायम गरी झण्डै डेश करोड भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

तत्कालीन सिडिओ गौतम, कार्यालय प्रमुख पाण्डे, सहायक प्रशासक आचार्य र वरिष्ठ लेखा सहायक भुसालले संस्थाको खातामा भुक्तानी हुनुपर्ने रकम मिलेमतोमा गायत्री देवी र सूर्यनारायण लाल कर्णलाई नक्कली मोही बनाएर मुआब्जा दिएको जनाइएको छ । उनीहरुबाट आयोगले एक करोड चौध लाख ६४ हजार ६ सय सतसठ्ठी रुपैगा मागदाबी गरेको छ ।

त्यस्तै, किर्ते मोही बनेका गायत्रीदेवी र उनका छोरा शत्रुधनले आफ्नो वास्तविकता लुकाइ कानूनविपरित मुआब्जा बुझेकोमा उनीहरुलाई ८९ लाख ८३ हजार ३३४ रुपैयाँ मागदाबी गरिएको छ ।

यसरी कानूनविपरित मुआब्जा वितरणमा विचौलियाको भूमिका खेल्ने उपेन्द्रलाल र मनोजलालले बनावटी मोहीयानी हकको प्रमाणपत्र पेश गरेका थिए । यसरी नक्कली प्रमाणपत्रको आधारमा सूर्यनारायण लालकर्णलाई मुआब्जा दाबी गर्न लगाउने उनीहरुलाई २४ लाख ८३ हजार ३३३ रुपैयाँ मागदाबी कायम गरिएको छ । हाल कर्णको मृत्यु भइसकेको छ ।

यससन्दर्भमा उनका भाइ उप्न्द्रलाल कर्ण कायस्थ, श्रीीमती बिन्दादेवी कर्ण र छोरा मनोजलाल कर्णबाट बिगो असुल उपर गर्नका लागि मागदाबी लिइएको छ ।

यतिमात्रै नभएर गैरकानूनी रुपमा लिएको रकम गुठी संस्थानकै नाममा फिर्ता गरिपाउँ भनेर अदालतमा दायर भएको मुद्दाकोे प्रमाणसमेत नष्ट गर्ने प्रयास भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गायत्रीले गैरकानूनी रुपमा लिएको उक्त रकम संस्थानकै नाममा फिर्ता गरी पाउँ भनी उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् ।

तर, उक्त मुद्दामा जिल्ला अदालत धनुषाका तत्कालीन डि.हविव साह, गुठी संस्थानका सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय प्रमोदकुमार कर्णको मिलेमतोमा अदालतबाट जारी म्याद सूचना नै गलत ठेगानामा पठाएका थिए । यसको एउटै उद्देश्य थियो, अधिकार प्राप्त अधिकारीसम्म सूचना पुग्न नदिनू ।

उनीहरु सबैमा कैद सदाय र बिगो रकम असुलको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।