NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विश्वप्रकाश शर्मा उम्मेदवारमा सर्वसम्मत सिफारिस

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मंसिर ४ को निर्वाचनमा सर्वसम्मत रुपमा सिफारिस भएका छन् । शर्मालाई झापा क्षेत्र नम्बर १ ले प्रतिनिधिसभाको उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

विधान अनुसार पार्टीले परिपत्र गरेर एक महिलासहित दुई जना उम्मेदवारमा प्रस्ताव गर्न भनिए पनि झापा १ बाट शर्मामात्र सिफारिसमा परेका हुन् ।

के थियो अघिल्लो समीकरण ?

२०७४ सालमा विश्वप्रकाश शर्मा माओवादीका राम कार्कीसँग २८६३ मतान्तरले पराजित भएका थिए । कार्कीले ३६१७३ मत ल्याउँदा शर्माले ३३३१० मत ल्याएका थिए ।

यसपटक सत्तारुढ दल मिलेर चुनाव लड्दैछन् । यसरी चुनाव लड्दा अघिल्लोपटक जितेको दललाई नै सिट छोड्ने सत्तारुढ दलबीच सहमति भएको छ । यस्तो सहमतिकाबीच शर्माको नाम झापा १ बाटै सिफारिस भएको हो । शर्मा अहिलेसम्म सांसदमा चुनिन सकेका छैनन् ।