NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

प्रधानन्यायाधीश राणाले समितिको औचित्यमाथि नै प्रश्न उठाएपछि सांसदहरू आक्रोसित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग सिफारिस समितिले सोधिएको प्रश्न नै औचित्यहीन भएको बताएपछि सांसदहरू र राणाबीच सवालजवाफ भएको छ ।

राणामाथि लागिएको अभियोगको प्रश्नको जवाफ दिन राणा बिहीबार पनि समितिको कार्यालय सिंहदरबार पुगेका थिए । प्रधानन्यायाधीश पूर्णतः असफल भएको आरोपको विषयमा सोधिएको प्रश्नको उत्तरमा राणाले ओचित्यहीन प्रश्न भनेका थिए ।

राणाको जवाफपछि आक्रोसित भएका सांसदहरूले समितिको प्रश्नमाथि प्रश्न उठाएको भन्दै सदस्य कल्याणी खड्काले विरोध गरेकी थिइन् ।सांसदले विरोध जनाएपछि राणाले आफूमाथि लागेको आरोपको प्रश्नको उत्तर दिएका थिए ।

‘आफूले कसैमाथि आरोप लगाउन नभइ तत्कालीन तथ्यका आधारमा बोलेको हुँ’, राणाले जवाफ फर्काए ।

राणामाथि लागेको आरोपको प्रश्नको जवाफ बाँकी नै रहेकाले उनलाई आइतबार पुनः बयानका लागि बोलाइएको छ ।