NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाबुआमा नपाल्ने छोराछोरीले अब सम्पत्ति नपाउने

काठमाडौं । ज्येष्ठ नागरिकलाई हेला गर्नेमाथि कानूनी व्यवस्थासहित सरकारले ऐनमा संशोधन गरेको छ ।

अब आफ्ना आमाबाबुलाई अपमान वा बेवास्ता गरे अधिकतम पाँच लाख जरिवाना तथा पाँच वर्षसम्म जेल सजाय हुने गरी सरकारले ऐन संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गरेर हालै ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ । गत ५ भदौमा प्रमाणीकरण भएको ऐनले साविकका व्यवस्थालाई संशोधन गर्दै ज्येष्ठ नागरिकप्रति सन्तानदेखि सरकारसम्मलाई थप जिम्मेवार बनाइएको छ । उजुरीदेखि कारबाहीसम्मका साविकका व्यवस्थामा कडाइ गरिएको छ ।

ज्येष्ठ नागरिकलाई दुव्र्यवहार वा अपमान गर्न वा गराउन नहुने व्यवस्था ऐनमा छ । कसैले ज्येष्ठ नागरिकको नाममा चलm अचल सम्पत्ति लिने, खाने उद्देश्यले वा अन्य प्रयोजनका लागि कुनै किसिमले दबाब दिई वा प्रलोभन वा झुक्यानमा पारी सम्पत्ति वा आफ्नो वा अरु कसैको नाममा राख्न नहुने व्यवस्था पनि ऐनमा छ ।

ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालनपोषण तथा हेरचाह नगरेमा, अलग्गै बस्न बाध्य पारेमा, भिक्षा माग्न लगाएमा, सन्यासी, भिक्षु वा फकिरलगायत बनाउन नपाइने व्यवस्था ऐनमा छ । यस्तो कसुर गरेमा अधिकतम पाँच लाख रूपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिका हकमा कसुरबमोजिम थप सजायको व्यवस्था ऐनमा छ ।

त्यसैगरी, पालनपोषण नगर्ने छोराछोरीले सम्पत्तिमा समेत दाबी गर्न पाउने व्यवस्था गरिएको छ । पालनपोषण नगर्ने तर सम्पत्तिको भोगचलन गर्ने भेटिए न्यायिक समितिले पालनपोषण तथा हेरचाह गर्न नातेदार वा हकवालालाई यस्तो सम्पत्ति जिम्मा लगाउने ऐनमा व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।