NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरूद्द १८ लाख १० हजार बिगो मागसहित मुद्दा दर्ता

काठमाडाैं । मुगुको सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरूद् अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले अध्यक्ष हस्तविर दमाई, वडाअध्यक्ष डबले शाही, जुम्लाका कार्यालाय प्रमुख शेर बहादुर श्रेष्ठसहित ६ जनाविरूद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

मुगुको सोरु गाउँपालिका वडा नं. ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसमेतले तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।

सो निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दैरीखोला रावलवाडा तटबन्धन आयोजनामा कार्यको मूल्यांकनभन्दा बढी १८ लाख १० हजार ८४ रूपैयाँ ९६ पैसा भुक्तानी लिनेरदिने गरी आफूलाई गैरकानूनी लाभ पुर्‍याई भ्रष्टचार गरेको खुलेको छ । उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम सजयको मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।