NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

काठमाडाैं । काठमाडाैंको भृकुटी मण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्सपोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ ।  लक्की ड्र कार्यक्रमआज टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए  ।

नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्सपो २०२२ को तयारी तीब्र गतिमा अगाडि बढिरहेको छ । उक्त एक्सपोमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने नाडाले जनाएको छ ।

यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धुव्र थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।