NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चोलेन्द्रको बयान : रञ्जन कोइरालाको मुद्दालाई लिएर महाभियोग लगाइएको हो भने प्रायश्चित गर्छु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दाको फैसलामा प्रायश्चित गरेको बताएका छन् ।

तेस्रो दिन आइतबार महाभियोग सिफारिस समितिलाई बयान दिँदै उनले कोइरालाको मुद्दामा आफूले विवेक प्रयोग गरेको दाबी गरे । उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्नेसमेत बताए ।

‘पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा मैले विवेक प्रयोग गरेरै फैसला गरेको थिए । विवेक प्रयोग गर्दा पनि त्यसमा गल्ती भयो भए जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ,’ बयानमा उनले भने ।

श्रीमतीको हत्या गरेर लाशसमेत जलाएर प्रमाण नष्ट गर्न खोजेका कोइरालालाई २० वर्ष सजाय तोकिएको थियो । राणाले विभिन्न तर्क गर्दै ८ वर्षमा झारेका थिए ।