NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पर्यटनमन्त्रीलाई लाइनमा बस्न भनेको निहुँमा सुरक्षागार्ड पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा एक सुरक्षागार्ड पक्राउ परेका छन् ।

पक्राउ पर्ने ‘ग्रुप फोर सेक्युरिटी’अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरुङ हुन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस भनेको आरोपमा सुरक्षागार्ड गुरुङलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको छ ।

व्यक्तिगत सुरक्षागार्डसहित छायाँ सेन्टर पुगेका पर्यटनमन्त्री श्रेष्ठ भित्र जान खोज्दा लाइन बसिरहेका अन्य व्यक्ति जसरी नै लाइनमा बस्न सुरक्षागार्ड गुरुङले आग्रह गरेका थिए । मन्त्रीलाई नचिनेकाे भन्दै उनलाई पक्राउ गरिएको हो ।