NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मन्दिर क्षेत्रका पसल हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असन क्षेत्रका मन्दिर तथा सम्पदामा अवैध रुपमा सञ्चालन भइरहेका पसल हटाउने भएको छ ।

मन्दिर र सम्पदा क्षेत्रका अवैध पसल हटाउने अभियानको सुरुवातअन्तर्गत महानगरले इन्द्रचोक र असनबाट सुरु गरेको हो ।

यसैबीच, महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिका–२५ नम्बर वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडास्थित श्रीभवानी शंकर मन्दिर क्षेत्रमा नौदेबललगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

साथै, असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँमा रहेका पसलहरू हटाउन निर्देशन दिइएको वडा नम्बर २५ का अध्यक्ष राजेश शाक्यल बताए ।

काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरू हटाउन निर्देशन दिइएको उनले बताए ।

महानगरका मेयर बालेन शाह यतिबेला अनधिकृत संरचना भत्काउने र व्यवसाय व्यवस्थित गर्ने अभियानमा लागिरहेका छन् ।

सय दिनमा बालेनको सन्देश– लामो रेसको घोडा हुँ, हतार नगरी, निराश नपारी काम गर्छु

 

ताजा अपडेट

नेपालवाच विशेष