NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काजकिरियामा बसिरहेका कांग्रेस नेता केसीको स्वास्थ्य बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । आमाको निधनपछि काजकिरियामा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि कांग्रेस नेता बलबहादुर केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

सोलखुम्बुमा आमाको किरिया बसिरहेका केसीको सुगर र प्रेसर बढेपछि हेलिकोप्टरबाट ल्याइ काठमाडौंको धुम्बाराहीस्थित हेम्स हस्पिटलमा भर्ना गरिएको जानकारी कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए ।

‘उहाँ १० दिनदेखि आमाको काजक्रियामा बसिरहनुभएको थियो । तर सुगर र प्रेसर बढेपछि आइतबार दिउसो सोलुबाटै हेलिकोप्टरबाट काठमाडौं ल्याइ उपचार थालिएको छ’ खतिवडाले भने, ‘त्यस्तो क्रिटिकल होइन तर सुगर र प्रेसर कम नभएपछि थप जोखिम नहोस् भन्दै ल्याइएको हो ।’