NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

किन गएका थिए पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ यतिबेला विवादमा तानिएका छन् । लाइन बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई पक्रन आदेश दिएका कारण उनी विवादमा तानिएका हुन् ।

मन्त्री श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टरमा पुगेका थिए । क्यानडा जाने तयारीमा रहेका उनी भिसाका लागि छायाँ सेन्टर पुगेको बताइएको छ ।

एउटा कार्यक्रममा लागि मन्त्रालयका ६-७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यहीअनुसार श्रेष्ठ दम्पत्ति पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए ।

सोही बेला सामान्य नियम सम्झाउँदै सुरक्षागार्ड शेरजंग गुरुङले अरुसरह लाइनमा बसेर भिसाको काम गर्न आग्रह गरेका थिए । त्यसैलाई अभद्र व्यवहार गरेको सम्झेर श्रेष्ठले सुरक्षागार्डलाई पक्राउ गर्न आदेश दिएका थिए ।

पक्राउ पर्ने सुरक्षागार्ड ‘ग्रुप फोर सेक्युरिटी’अन्तर्गत छायाँ सेन्टरमा कार्यरत छन् ।

पर्यटनमन्त्रीलाई लाइनमा बस्न भनेको निहुँमा सुरक्षागार्ड पक्राउ