NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

क्यानडालाई आतंकित पार्ने दाजुभाइ : एक मृत भेटिए, अर्का फरार

काठमाडौं । क्रूर हत्या श्रृंखला चलाएका एक दाजुभाइले सिंगो क्यानडालाई नै त्रस्त पारेका छन् । त्यसमध्ये भाइ चक्कु प्रहार घटनाको केही दिनपछि मृत फेला परेका छन् भने दाइ फरार छन् ।

यी कुख्यात अपराधीको नाम  डेमियन स्यान्डरसन र मिल्स स्यान्डरसन हाे ।

गत आइतबार क्यानडाका १३ स्थानमा आक्रमण भएको थियो, जुन यी दाजुभाइको संलग्नतामा भएको आशंका छ । याे घटनामा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

घटनामा संलग्नकाे अाशंका गरिएकामध्ये एक डेमियनको शव फेला परेको त्यहाँकाे प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिड क्री नेसनमा फेलापरेको प्रहरीले जनाएको छ। उनी आफ्नै दाजुबाट मारिए या अन्यबाट, त्याे भने खुलेको छैन ।

आक्रमणमा परी ज्यान गुमाउनेहरूमध्ये धेरै यही ठाउँमा बस्छन्।

घटनामा संलग्नको आशंका गरिएका अर्का एक भने फरार छन् । अन्तिम समयमा रेजिना सहरमा देखिएकाले उनी त्यही लुकेर बसेकाे हुनसक्ने प्रहरी आशंका छ ।

घटनामा संलग्न मिल्स अझै फरार रहेकाले उनीबाट आमजनतामाथि आक्रमण हुनसक्ने अनुमान गरिएकाे छ । यही शंकामा प्रहरीले नागरिकलाइ सचेत हुन आग्रह गरेको छ । फरार मिल्सलाई पनि चोट लागेको हुनसक्ने ठानिएकाे छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणपछि आफ्नो देशमा यस्तो हिंसालाई ठाउँ नरहेको बताएका छन् ।