NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

के सुस्मिता सेन र ललित मोदी छुट्टिएका हुन् ?

एजेन्सी । एक महिनाअघिमात्रै बलिउड अभिनेत्री सुस्मिता सेन एकाएक चर्चामा आइन् । आइपिएलका पूर्व अध्यक्ष ललित मोदीसँग प्रेम सम्बन्धमा रहेको समाचार बाहिरिएसँगै केही दिनसम्म सेन चर्चामा रहिन् ।

मोदीले आफ्नो आधिकारिक इन्स्टाग्राम तथा फेसबुकमा सुस्मितासँगको ‘प्रोफाइल’ फोटोसँगै आफ्नो बायोमा सुस्मिताको नाम राख्दै सम्बन्धबारे आधिकारिक खुलासा गरेका थिए । उनले लेखेका थिए, ‘फाइनल्ली नयाँ जीवनको सुरुवात, पार्टनर इन क्राइम, माइ लभ सुमितासँग’ ।

सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले फेरि हलचल मच्चिएको छ । कारण, ललितले उक्त फोटो र बायोबाट सुस्मिताको नाम एकाएक हटाएका छन् ।

अहिले उनको बायोमा आइपिएल संस्थापक र मुन लेखिएको छ । ललितले एकाएक फोटोसहित बायो परिवर्तन गरेका कारण दुवैको ब्रेक अप भएको अड्कल काटिएको छ । तर, उनीहरू दुवैजनाले यसबारे आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरिसकेका छैनन् ।

उनीहरू दुईबीचको सम्बन्धमा दरार आउनुको कारण सुस्मिताका पूर्व प्रेमी रोहमन सललाई मानिएको छ । ब्रेक अप भएपनि सुस्मिता र रोहमन सँगै पार्टी गरिरहेको भेटिन्थे । हालै सुस्मिताकी छोरीको जन्मदिनमा पनि रोहमान र सुस्मिता एकसाथ देखिएका थिए । यसअघि सुस्मिताकी आमाको जन्मदिनका पार्टीमा पनि उनीहरू सँगै थिए ।

रोहमान र सुस्मिता करिब डेढ वर्ष प्रेम सम्बन्धमा रहेपछि छुट्टिएका थिए । त्यतिबेला उनीहरू ‘लिभ इन टुगेदर’ मा बस्थे । रोहमान सुस्मिता भन्दा १६ वर्ष कान्छा छन् ।