NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भारतीय सेनाध्यक्ष पाण्डेले गरे स्टाफ कलेजको निरीक्षण भ्रमण

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीयस्थल सेनाध्यक्ष मनोज पाण्डेले आज शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा स्टाफ कलेजमा आयोजित अन्तक्र्रियात्मक समारोहमा उनी सरिक भएका थिए । आजै अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साँझ हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेका नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले मौसमले साथ दिएमा बुधबार बिहान मुक्तिनाथको दर्शन गरी कास्कीको पोखरास्थितमध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि अपरान्ह वसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण सकेर उनी स्वदेश फर्कनु हुने जनाइएको छ ।

प्रधानसेनापति शर्माको निमन्त्रणामा आइतबार नेपाल आएका भारतीय सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । त्यसअघि उनले नेपाली सेनालाई भारतबाट सहुलियतपूर्ण रुपमा आएको रु २२ करोड ३८ लाख बराबरको सैन्य सामग्री हस्तान्तरण गरेका थिए ।