NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दक्षिण कोरियामा कोरोना संक्रमणदर ९९ हजार भन्दा बढी, भारतमा घट्दै

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड-१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन ।

सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड-१९ सङ्क्रमितको संख्या दुई करोड ३७ लाख छ हजार चार सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

सोमबार कोरोना संक्रमणको कारण ४३ जनाको मृत्यु भएको यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको संख्या २७ हजार एक सय ९३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।

यसैबीच भारतमा एकै दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म चार हजार चार सय १७ जना कोरोना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमितत भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा पाँच हजार नौ सय १० जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ५२ हजार तीन सय ३६ जना रहेका छन् । नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् ।

२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना संक्रमणबाट भारतमा २३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ३० भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा छ हजार ३२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ८६ लाख चार सय ९६ जना कोरोनामुक्त भएका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म दुई अर्ब १३ करोड ७२ लाख ६८ हजार छ सय १५ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष