NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुर्खेत २ बाट साधनासहित समानुपातिकमा चार महिला सिफारिस

काठमाडौं । ४ मंसिरको चुनावको लागि सुर्खेत २ बाट समानुपातिकतर्फ चार जना महिलाहरू सिफारिस भएका छन् । प्रतिनिधिसभाको क्षेत्रीय कार्यसमितिले यो क्षेत्रबाट नेविसंघकी पूर्व सहमहामन्त्री साधना घिमिरेसहितलाई सिफारिस गरेको हो ।

सिफारिस हुनेमा घिमिरेसहित महिलातर्फ जानकी सिंह, डम्बरदेवी उपाध्याय र यमुना सापकोटा छन् । दलिततर्फबाट लोकबहादुर विश्वकर्मा सिफारिसमा परेका छन् ।

समानुपातिकमा पुरुषतर्फ शिवराज जोशी, गोविन्दबहादुर मल्ल, यज्ञबहादुर बिसी, धर्मराज गिरी, तीर्थजंग शाही, प्रेमप्रकाश खड्का सिफारिसमा परेका हुन् ।

प्रतिनिधिसभामा भने सुर्खेत २ बाट प्रत्यक्षमा हृदयराम थानी, श्याम भारती, टिएन योगी, निरञ्जन केसी र कमलबहादुर खत्री सिफारिसमा परेका छन् ।