NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस भएको छ । न्याय परिषदको मंगलबार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा. डा. डीएन पराजुलीको नाम सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दिक्षीत उच्च अदालतको मुख्य न्यायाधीश, विनोद शर्मा कामु मुख्य न्यायाधीश र डीएन पराजुली पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् ।