NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पूर्वविद्यार्थी नेता देवकोटा रसुवाबाट प्रतिनिधिसभाका लागि सिफारिस

रसुवा । आसन्न मङ्सिर ४ को निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दीपक देवकोटाको नाम सिफारिस भएको छ । माओवादी केन्द्र रसुवाले संघ र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्दा पूर्वविद्यार्थी नेता देवकोटालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।

कालिकास्थानमा बसेको जिल्ला कमिटी रसुवाको बैठकले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएको हो ।

एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको जिल्लामा प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा इन्द्र गोतामे (जगतजंग)सहित पूर्वविद्यार्थी नेता देवकोटा र फुर्पू तेन्जिन तामाङको नाम सिफारिस भएको छ ।

यसैगरी, प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ तेन्जिन तामाङ, नानीमैयाँ न्यौपाने मगर र अमिर गुरुङको नाम सिफारिस गरिएको छ ।