होन्डाको ‘दशैं शुभ लाभ’ योजना : स्क्र्याच कुपनमार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार स्किम सार्वजनिक गरेको छ । कम्पनीको उपहार योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच मार्फत ७० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । यस्तै अन्य उपहारहरु र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख रुपैयाँसम्म र बम्परमा लक्की ड्रमार्फत १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै ग्राहकदलाई ईजी फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।
उक्त योजना २० भदौ २०७९ देखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया