NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सन्दीपलाई बलात्कारको आरोप लागेको विषयलाई भारतीय मिडियाले समाचार बनाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेको विषयलाई भारतका सञ्चारमाध्यहरूले पनि प्राथमिकताका साथ समाचार बनाएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईले सन्दीपमाथि एक १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेको समाचार छापेको छ ।

यस्तै, इन्डिपेन्डेन्ट पत्रिकाको अनलाइनमा पनि सन्दीपमाथि बलात्कारको आरोप लागेको समाचार प्रकाशित छ ।

ग्लोबल स्टारसमेत रहेका सन्दीपलाई नुवाकोट घर भएकी एक १७ वर्षीया किशोरीले बलात्कार गरेको आरोप लगाएर उजुरी दिएकी छिन् । सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा देशबाहिर छन् ।

सन्दीप सिसिटिभी फुटेजमा किशोरीसँग यस्तो अवस्थामा देखिए