NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रचण्डकी बुहारी बीना मगर कञ्चनपुर–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । माओवादी केन्द्रले पोलिटब्युरो सदस्य बीना मगरलाई कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

बिहीबार बसेको माओवादी क्षेत्र नं १ को बैठकले मगरलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । उनी प्रचण्डकी बुहारीसमेत हुन् ।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।
२०७० मा सोही क्षेत्रबाट पराजित भएकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष