NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

काठमाडाैं । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन सिंहलाई कोरोना भएको पुष्टि भएसँगै तारेखमा रिहा गरिएको हो ।

विरामी भएपछि सिंहलाई मंगलबार नै अस्पताल लगिएको थियो । तर प्रहरीले यो विषय गोप्य नै राखेका थिए । आज उनलाई उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

हिजो मात्रै सिंहलाई थप ५ दिन थुनमा राख्न अनुमति दिएको थियो । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए ।