NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चार खेलपछि रोनाल्डोले सुरुवाती ११ मा स्थान बनाउँदा युनाइटेड घरमै पराजित

काठमाडौं । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले चार खेलपछि सुरुवाती ११ मा स्थान बनाए पनि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा युनाइटेड रियल सोसिडाडसँग १-० गोल अन्तरले पराजित भएको होे ।

रोनाल्डोले यसअघिका चार खेलमा बेन्चबाट खेल सुरु गरेका थिए । त्यसमा युनाइटेडले सुखद नतिजा ल्याएको थियो । तर, यस खेलमा रोनाल्डाले सुरुवातबाटै खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

गएराति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा स्पेनिस क्लब सोसिडाडलाई जित दिलाउन ब्रेइस मेन्डेजले खेलको ५९ औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

यस जितसँगै समूह ’ई’ को सोसिडाडले ३ अंक जोडेको छ । युनाइटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।