NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यसकारण खानुपर्छ भिटामिन सी

भिटामिन सीको प्रयोग संक्रमण, रक्तचाप र ब्रोन्काइटिसका लागि फाइदाजनक हुने भएकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई प्रभावकारी हुने अनुमान गरिएको छ । भिटामिन सी प्रतिरोधी क्षमता बढाउनका लागि प्रभावकारी मानिन्छ, तर अहिलेसम्म भिटामिन सी कोभिड–१९ का संक्रमितका लागि कति उपयोगी हुने भन्ने प्रमाणित भइसकेको छैन ।

भिटामिन सी र प्रतिरोधी क्षमता

-भिटामिन सी मानव शरीरका लागि मुख्य एन्टी अक्सिडेन्ट हो । जसले शरीरको प्रतिरक्षा प्रणाली बढाउन सहयोग गर्छ । सामान्यतया भिटामिन सीले रोगसँग लड्ने सेता रक्तकोष (डब्लुबिसी)को निर्माणमा सघाउ पु¥याउँछ । योसँगै श्वास–प्रश्वासको संक्रमण र अन्य भाइरसविरुद्ध एन्टिभाइरलका रूपमा काम गर्छ ।

एक अध्ययनअनुसार भिटामिन सीले शरीरमा भाइरसको वृद्धिलाई नियन्त्रण गर्छ । निमोनिया, ब्रोन्काइटिस, फोक्सोसँग सम्बन्धित र अन्य भाइरल संक्रमण घटाउन मद्दत गर्छ ।

-एक अध्ययनअनुसार भिटामिन सीले शरीरमा भाइरसको वृद्धिलाई नियन्त्रण गर्छ निमोनिया, ब्रोन्काइटिस, फोक्सोसँग सम्बन्धित र अन्य भाइरल संक्रमण घटाउन मद्दत गर्छ । तसर्थ, भाइरस इन्फेक्सनबाट बच्न सामान्यतया वयस्क महिलाका लागि ७५ मिलिग्राम र पुरुषमा ९० मिलिग्राम भिटामिन सीको आवश्यकता हुन्छ । दैनिक खानपानमा भिटामिन सीको प्रयोग गर्ने व्यक्तिमा निमोनियाको सम्भावना ८० प्रतिशतले कम र अन्य भाइरल इन्फेक्सन करिब ५० प्रतिशत कम हुने विभिन्न अध्ययनले देखाएको छ ।

-भिटामिन सी सप्लिमेन्टका रूपमा भन्दा पनि दैनिक खानपानमा समावेश गर्नुपर्ने हुन्छ । जस्तै, कागती, हरियो खुर्सानी, हरिया मौसमी फलफूल, सागपातजस्ता खानेकुरामा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ ।

शरीरमा भिटामिन सी को कमी भयो भने के हुन्छ? | Nagarik News - Nepal Republic  Media

कोरोनाविरुद्ध कति प्रभावकारी ?

-कोरोनाको संक्रमणले फोक्सोमा एक किसिमको तरल पदार्थ जम्मा हुन्छ जसले एल्भोलर कोषिका नष्ट गरिदिने भएकाले श्वास–प्रश्वासमा समस्या ल्याउँछ । भिटामिन सीले फोक्सोमा तरल पदार्थ जम्न नदिने भएकाले फोक्सोमा हुन सक्ने क्षति कम गर्छ । योसँगैै अन्य फ्लु नियन्त्रणका लागि पनि भिटामिन सी प्रभावकारी मानिन्छ ।

-भिटामिन सीले रोग प्रतिरोधी क्षमता बढाउने भए पनि कोभिड–१९ लाई नियन्त्रण गर्छ भन्ने कुरा गलत हो । किनकि अहिलेसम्म भिटामिन सीको प्रयोगले कोरोना संक्रमण नियन्त्रणमा आएको वैज्ञानिक प्रमाण छैन । शरीरमा भाइरसको संक्रमण हुन नदिन र प्रतिरोधी क्षमता बढाउन एन्टिअक्सिडेन्टयुक्त खाना खानेसँगै सरसफाइमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष