NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गठबन्धन भत्काउन ठूलो षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

१०९ औं विपी जयन्तीको अवसरमा कांग्रेस चितवन जिल्ला समितिले गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गरे।

‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ । गठबन्धनको विरोध गर्नु पार्टी सिध्याउने षड्यन्त्र हो’, उनले भने, ‘तर कुनै हालतमा गठबन्धन टुंट्दैन । गठबन्धन पार्टीहितमा रहेको छ ।’

देउवाले कांग्रेसलाई फाइदा हुने हिसाबले सिट बाँडफाँट हुने भन्दै अनावश्यक आशंका नगर्न कार्यकर्तालाई आग्रह गरे ।