NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अन्तर्घातले कांग्रेस कमजोर : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तर्घातकै कारण कांग्रेस कमजोर भएको बताएका छन् ।

संस्थापक बिपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा तनहुँमा आयोजित कार्यक्रममा पौडेलले जनतालाई सही मार्ग देखाउने पार्टी कांग्रेस भए पनि अन्तर्घातले कमजोर भएको बताए ।

‘कांग्रेस देश नै अप्ठेरो परेको बेला सही मार्गमा हिंडाउने पार्टी हो’ पौडेलले भने, ‘तर यही कांग्रेस अहिले कमजोर हुँदै गएको छ । यसको कारण नै आन्तरिक अन्तर्घात हो ।’

अन्तर्घात धेरै हुने गरे पनि कांग्रेसले बिपीको बाटो नछोडेले पनि उनले बताए ।