NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

यसरी मनाइयो इन्द्रजात्रा (फोटो फिचर)

काठमाडौं । काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा पर्व धुमधाम मनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरू इन्द्रजात्रामा सहभागी भएका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोललगायत देशभरका विभिन्न महानगरका मेयरहरू पनि इन्द्रजात्रामा उपस्थित देखिन्थे ।

जात्रा हेर्न मेयर शाहकी पत्नी सविना काफ्ले पनि आएकी थिइन् ।

साथै, मेयर शाहको निमन्त्रणा स्वीकार्दै भगिनी सम्बन्ध भएका देशका विभिन्न मेयर तथा राजदूतहरू पनि इन्द्रजात्रा हेर्न आएका थिए ।

जात्रामा जीवितदेवी कुमारीको पनि उपस्थिति थियो ।

साथै, लाखेनाच, रथ तान्नेलगायत विभिन्न झाँकीहरू देखाइएको थियो ।

जात्रा हेर्न आएका दर्शकले काठमाडौंका मेयर शाहको पक्षमा नारा लगाएका थिए ।