NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

टाटा मोटर्सले ल्याउँदै अहिलेसम्मकै सस्तो इलेक्ट्रिक कार

काठमाडौं । भारतीय कार कम्पनी टाटाले चाँडै सस्तो इलेक्ट्रिक कार ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीका वरिष्ठ अधिकारीहरूले चाँडै १२.५० लाख भारतीय रूपैयाँभन्दा कम मूल्यको इलेक्ट्रिक ह्याचब्याक कार ल्याउन सक्ने जानकारी दिएका छन् ।

जानकारीका अनुसार कम्पनीले चाँडै नै यस्तो इलेक्ट्रिक कार लन्च गर्ने छ जसको मुल्य टिगोर इभीभन्दा कम हुनेछ । कम्पनीले चालु आर्थिक वर्षमा ५० हजार इभी कार बिक्री गर्ने लक्ष्य लिएको छ ।

अटो क्षेत्रमा इभी कारको लोकप्रियता लगातार बढिरहेको छ । आर्थिक वर्ष सन् २०१९ मा दुई हजार विद्युतीय सवारी साधन बिक्री भएको थियो भने यो वर्ष हालसम्म २० हजारभन्दा बढी सवारीसाधन बिक्री भएका छन् । यो आर्थिक वर्षमा ५० हजार सवारीसाधन बिक्री हुने अपेक्षा गरिएको छ ।

स्वदेशी कम्पनी टाटाले हालसम्म १७ हजार सवारीसाधन बिक्री गरिसकेको छ भने आर्थिक वर्ष २०२३ मा कम्पनीले ५० हजार विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले सानन्द प्लान्टबाट तीन लाख युनिट थप क्षमता ल्याउने प्रयास गरिरहेको छ ।

हाल टाटा मोटर्सले भारतीय बजारमा दुईवटा इभी कार बिक्री गरिरहेको छ। यसमा टाटा नेक्सन, टिगोर समावेश छ। टिगोर इभी एकपटक पूर्ण चार्ज गर्दा ३०६ किलोमिटरसम्म गुड्छ । यो इभीलाई ६५ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। नेक्सन इभीको प्रारम्भिक मूल्य १२.४९ लाख भारु छ। द्रुत चार्जरको साथ ६० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।