NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ग्राहकको राेजाइमा उत्कृष्ट क्यामेरा भएका मोबाइल 

काठमाडाैं । पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् ।

अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको काम होस् वा समाचार हेर्न, सुन्न सबै मोबाइलकै प्रयोगबाट गर्न सकिन्छ ।

नेपालमा मोबाइल सेवाको ईतिहास त्यति लामो नभए पनि प्रविधि विकाससँगै यसको प्रयोग बहुआयामिक हुँदै गएको छ । नेपाल टेलिकमले सर्वसाधारणलाई पोस्टपेड र प्रिपेड सिमकार्ड वितरण गर्न थालेसँगै नेपालीको सूचना प्रविधिमा पहुँच बढ्दै गएको हो ।

कुनै समय नोकिया फोनले एकछत्र राज गरेको नेपाली बजारमा अहिले धेरै उत्कृष्ट ब्राण्डले राज गरेका छन् । केही कम्पनीबीच प्रतिस्पर्धाको होडबाजी नै चलिरहेको छ । यतिबेला सामसङ, रेडमी एमवानका सेरिज, रियल मी, वानप्लस, ओप्पो, नोकिया, टिटिएललगायतका ब्राण्ड बिक्री हुने ताम्राकार कप्लेक्सस्थित बेस्ट टिच सेन्टरका म्यानेजर कृष्ण महतले बताए ।

उनका अनुसार रेड्मी पछिल्लो समय सबैभन्दा राम्रो बिक्री हुने गरेको छ । उनले भने, ‘रेड्मीका सबैभन्दा कम मूल्यका १३ हजारदेखि धेरै ९५ हजार रूपैयाँसम्मका मोबाइल अहिले बजारमा उपलब्ध छन् ।” सामान्य विशेषता भएका मोबाइल विद्यार्थी र घरमा बस्ने आमाबुवाले मात्र प्रयोग गर्ने उनको भनाइ छ । उनले भने, ‘नर्मल रेञ्जका मोबाइलमा दुई जिबी र्‍याम, ३२ जिबी इन्टर्नल मेमोरी, नर्मल क्यामेरा आठ एमबी, ब्याट्री पाँच हजार एमएस र डिस्प्ले छ सय पाँच रेञ्जको हुन्छ, यस्तो फोनबाट सामान्य काम गर्न सकिन्छ ।’

महँगो मोबाइल व्यवसायी र विशेषगरी धनाढ्य परिवारका विद्यार्थीले खरिद गर्ने उल्लेख गर्दै उनले युवायुवतीले मोबाइलमा गेम खेल्न वानप्लसको मि को सेरिज उपयुक्त हुने बताए । आइफोनको बिक्री अहिले खासै नभएको भन्दै महतले दसैँ नजिकिए पनि व्यापार भने सरकारी बिदा भएपछि मात्र सुरु हुने जानकारी दिए । अहिले मोबाइल युवाको व्यक्तित्व झल्काउने वस्तुका रुपमा समेत बुझ्न थालिएको देखिन्छ । मानिस सबै छाडेर पनि मोबाइलबाट भने टाढा हुन नसक्ने अवस्थामा पुगेको छन् । नेपाली समाज सुहाउँदो हरेक किसिमका मोबाइल फोन नेपाली बजारमा उपलब्ध छन् ।

विगत दुई वर्ष कोरोना महामारीले व्यापार चौपट बनाएको उल्लेख गर्दै त्यसको असर अहिलेसम्म हट्न नसकेको टु फोर सिक्स इम्पेक्स प्रालीका सञ्चालक विवस सुवेदी बताउछन् । उनले भने, ‘अहिले व्यापारको अवस्था अन्तिम वर्षको भन्दा कम छ ।’

महँगो मूल्यका मोबाइल खोज्ने उपभोक्ताको संख्या निकै कम भएको भन्दै उनले १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँ रेञ्जका मोबाइल नै बढी बिक्री हुने बताए । ‘सामान्य रेञ्जका मोबाइलमा छ जिबी र्‍याम, १२ जिबी इन्टरनल मेमोरी, दुई सय २८ जिबी इन्टर्नल मेमोरी हुन्छन् र हाइरेञ्जमा चार जिबी र्‍याम, ६४ जिबी इन्टनल मेमोरी हुन्छन्,’ उनले भने । उपभोक्ताले आफ्नो क्षमताअनुसार मोबाइल खरिद गर्ने उनको भनाइ छ ।

सरकारले लगाएको तीन सय डलर माथिको सामानमा लगाएको प्रतिबन्धले नेपाली बजारमा फोन नै कम आएको ओरेञ्ज फेयर डिलका म्यानेजर विवेक पौडेल बताउछन् । उनले भने, ‘अहिले मार्केटमा बिक्री हुने तीन सय डलरभन्दा कम मूल्यका मोबाइल हुन्, पछिल्लो समयमा पुरानो स्टक भएका फोनमा वान प्लसका सेरिज महँगो रेञ्जमा आएको छ ।’ सामसङ एस सेरिज९ स्टक सकिएर समस्या आइरहेको उनको भनाइ छ ।

उनका अनुसार बजारमा १५ देखि ३० हजारसम्म मूल्य भएका मोबाइल बिक्री भइरहेका छन् । ‘अहिले ग्राहकहरुले क्यामेराको गुणस्तर, र्याम, रोम बढी भएका मोबाइल मात्रै खोज्छन्, आजभोलि धेरै खोजिने भनेकै क्यामेराको हाइ मेघापिक्सल हो,’ उनले भने । ओप्पो र सामसङ ब्राण्डका मोबाइल नै बढी बिक्री भइरहेको उनको दाबी छ । सामसङ कम्पनीका मोबाइल २२ हजार देखि ५५ हजार रेञ्जका बढी बिक्री हुने उनले बताए ।

त्यस्तै सामसङको उच्च रेञ्जमा एस २२ अल्टा आएको र आयातमा समस्या भएकाले उपभोक्तालाई सबै भेरियन्टमा उपलब्ध गराउन नसकेको पौडेलले गुनासो पोखे । यसको मूल्य बजारमा एक लाख ७० हजारदेखि ८० हजारसम्म रहेको बताए ।

पौडेलले ओप्पो ब्राण्डको ४५ हजार मूल्यको पछिल्लो समय एफ २१ प्रो मोबाइल आएको बताउँदै त्यसमा सोनीको सात सय नौ क्यामेरा प्रयोग भएकाले उत्कृष्ट काम गर्ने दाबी गरे । युवाले रोज्ने मोबाइलको मूल्य ४० देखि र ६० हजारसम्म पर्ने उनको भनाइ थियो ।

बजारमा दुई लाख ३५ हजार पर्ने सबैभन्दा महँगा मोबाइल व्यवसायीले खरिद गर्ने उनको भनाइ छ । सामसङ, ओप्पो र भिभोमा समस्या कम देखिएको र टिटिएल, लाभाका ब्राण्डमा समस्या धेरै देखिएको उनले स्पष्ट पारे । उनले भने, ‘तिनीहरुमा सफ्टवयर इस्यु बढी आउने देखिएको छ ।’

पौडेलले दसैँ विशेष व्यापार सुरु नभइसकेको बताउँदै उपभोक्ताले विभिन्न ब्राण्डको अफर पर्खिरहेको टिप्पणी गरे । एक सातादेखि खासै व्यापार नभएको भन्दै उनले कम्पनीका अफरबारे थाहा पाएलगत्तै उपभोक्ताको सङ्ख्या ह्वात्तै बढ्ने विश्वास व्यक्त गरे ।

सामसङ कम्पनीको मोबाइल खरिद गर्न आएका विद्यार्थी सन्दिप शर्माले १२ जिबी र्‍याम, एक सय २८ जिबी इन्टर्नल मेमोरी, कभर, क्यामेरा उत्कृष्ट, प्रोसेसर जस्ता विशेषता भएको मोबाइल खरिद गर्न खोजेको बताए । उक्त विशेषता भएका मोबाइलमा अध्ययन गर्न र गेम खेल्न सजिलो हुने उनको विश्वास छ ।

कलेजमा अध्ययनरत रोजिना कार्कीले आफ्नो बजेटअनुसार फिचर राम्रो भएको मोबाइल किन्न बजार आएको बताइन् । बजारमा आएका ब्राण्डमध्ये आफूलाई वान प्लस मन परे पनि रकम अभावले रेड्मी खरिद गर्ने सुनाइन् । ‘रेडमीमा पनि र्‍याम, रोम र प्रोसेसर उत्कृष्ट छ,’ उनले भनिन् ।

इलामका ऋषव तामाङले आइफोन १४ सेरिज भर्खरै लञ्च भएको भन्दै त्यसबारे बुझ्न आएको बताइन् । आइफोन १४ मा इन्टरनेट उपलब्ध नभए पनि अप्ठ्यारो परे तत्काल उद्धार गर्न सकिने नयाँ प्रविधि आएको उनले जानकारी दिए । वान प्लस, सामसङ, शाओमीको एमआइमा राम्रो फिचर रहेको उनको भनाइ छ । ‘आइफोनबाहेक मलाई रेड्मी ९एमवान० नै मन पर्छ, त्यसमा अन्य कम्पनीको तुलनामा एउटै मूल्यमा पनि राम्रो विशेषता रहेका छन्,’ उनले भने ।