NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अलमुताइरीले गरे नेपाली राष्ट्रिय फुटबल टोली छोडेको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत ५२५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

सिनियर खेलाडीहरूसँगको विवादका कारण अलमुताइरी पछिल्लो समय विदामा थिए ।

उनको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

हुमागाईँको प्रशिक्षणमा नेपालले केही सातापछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

पछिल्लो समय एन्फामा नयाँ नेतृत्व आएपछि अलमुताइरी राष्ट्रिय टोली छोडेर स्वदेश फर्किएका थिए ।

भारतविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता