NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

काठमाडाैं । आउँदो महिनाहरूमा क्रिकेट प्रेमीहरूले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्वीज, क्रिकेट भाइब्स च्यानल टेकओभर, विशेष क्रिकेट टक्स एपिसोड, र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची अपेक्षा गर्न सक्नेछन् ।

राकुटेन भाइबरले क्रिकेट प्रेमीहरूलाई वर्षको अन्त्यसम्म श्रृंखलात्मक रूपमा रमाइलो गतिविधिहरूको अनुपम अनुभव दिने काम जारी राखेको छ । भाइबरले क्रिकेट भाइब्स च्यानलसँग नेपालको मनपर्ने खेलमा आफ्नो छाप बलियो बनाइरहँदा, एपले क्रिकेट कुराकानी, रमाइला क्वीजहरू, र क्रिकेट सुपरबटको लञ्चजस्ता धेरै श्रृङ्खलाहरूको तयारी गरिरहेको छ । नयाँ सुपरबट स्वचालित फिचर हो जुन चाँडै नै च्यानलमा समावेश गरिनेछ जहाँ क्रिकेट प्रेमीहरूले फिक्सरको आन्नद लिन सक्नेछन् । फिक्सरले सदस्यहरूलाई आउँदो क्रिकेट गेमहरू, लाइभ अपडेट, म्याच भविष्यवाणीहरूबारे पहिलो नजर प्रदान गर्दछ ।

उत्साहलाई कायम राख्नु, सबैभन्दा ठूलो क्रिकेट प्रेमी निर्धारण गर्नका लागि भाइबरले दैनिक रूपमा प्रतिस्पर्धा पनि सञ्चालन गर्नेछ । च्यानलमा क्रिकेटसम्बन्धी प्रश्नहरूको उत्तर दिई सदस्यहरूले हरेक दिन डिस्काउण्ट भौचर जित्ने अवसर पाउनेछन् ।

समर्पित क्रिकेट प्रेमीहरूको जोशलाई अझ जवलन्त बनाउन क्रिकेट सुपरबटमा मासिक प्रतियोगिता पनि सञ्चालन गरिनेछ । सेप्टेम्बर १, २०२२ बाट सुरु हुन गइरहेको प्रतियोगितामा क्रिकेट समर्थकहरूले क्रिकेट ट्रिभीया प्रश्नहरूको सही उत्तर दिएर पोइन्ट कमाउन र जम्मा गर्न सक्नेछन् । महिनाको अन्तिमतिर, उच्चतम स्कोरका साथ शीर्ष १० फ्यानहरूले दराजबाट नगद भाउचरहरू जित्नेछन् ।

भाइबरले नेपालमा क्रिकेट खेललाई समर्थन गर्नका निम्ति विविध अभियानहरू सुरु गरेको दृष्टान्त भने यो पहिलो होइन । भाइबरले फ्यानहरूलाई सदैब केन्द्रमा राख्दै आइरहेको छ । ‘हामीले हाम्रो विगतका धेरै क्रिकेट क्याम्पेनबाट अपार सफलता पाइसकेका छौँ । र ती सफलताहरू नै हुन जसले सहकार्यमार्फत् क्रिकेट फ्यानहरूलाई यावत सुविधाहरू र रमाइला गतिविधिहरू निरन्तर प्रदान गर्ने हौसला पनि दिइरहेको छ । फ्यानहरूले आफ्ना टीम र खेलाडीहरूलाई समर्थन र प्रतिक्रिया दिएको देख्दा उनीहरूको क्रिकेटप्रतिको झुकाब मात्र नभई नेपालीहरू कति जोश र जाँगरले भरिएका छन् भन्ने कुरा पनि प्रमाणित गर्दछ । यस्तै कुराहरू हुन जसबाट अझ सृजनात्मक भई थप स्टिकर प्याक, लेन्स, विशेष च्यानल सेगमेण्ट र अन्य धेरै सुविधा ल्याउनका लागि हामीलाई प्रेरणा मिल्ने गर्छ । फ्यानबेस यसरी वृहत भएको देख्न पाउँदा हामी गौरवान्वित महसुस गर्छौँ ।’ राकुटेन भाइबरका लागि सिनीयर डाइरेक्टर डेभिड चेले भने ।

क्रिकेट एसिया र विश्वकप क्रिकेटको सर्वत्र माहोल बनिराख्दा ‘क्रिकेट भाइब्स च्यानल’मा टस अपडेट, लाइभ म्याच प्रसारण, पोल र यावत कुराका निम्ति राकुटेन भाइबर ‘दराज’ र ‘क्रिकेटिङ नेपाल’सँग साझेदारीमा पनि प्रवेश गरेको छ । च्यानलमा सदस्यहरूले क्रिकेट विशषज्ञहरूबाट पूर्व-गेमबारे विश्लेषण, क्रिकेट भविष्यवाणीको पनि अपेक्षा राख्न सक्नेछन् । अगस्ट २०,२०२२ मा, फ्यानहरूमाझ निकै लोकप्रिय फरभिज महारुफ र अरीफूल रुनेले क्रिकेटर तस्किन एहेमदसँग क्रिकेट विशेष कुराकानी गरेको थियो । च्यानल सदस्यहरूले च्यानल सेगमेण्टको चाँडै हुन लागेको नयाँ एपिसोड बाँया हाते ब्याटमेन भानुका राजपाक्षे र पूर्व-क्रिकेटर लसित मालिङ्गाको विशेष आतिथ्यमा हेर्न पनि सक्नेछन् ।