NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

माओवादी केन्द्रका उपमहासचिव पुनलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणमा एन्टिजेन र पिसिआर दुवैबाट पुनलाई पोजिटिभ देखिएको उनका सचिवालय सदस्य दयानिधि भट्टले जानकारी दिए ।

ज्वरो आइरहेकाले उनी अहिले खुमलटारस्थित निवासमै आराम गरिरहेका छन् ।

पुनलाई यसअघि कमलपित्त बिग्रिएको समस्या भएको थियो । गत वर्षमात्र उनी चीनबाट उपचार गरेर आएका थिए ।