NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टी–२० एसिया कपको उपाधि श्रीलंकाको पोल्टामा

काठमाडौं । टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाको पोल्टामा परेको छ । गएराति सम्पन्न खेलमा चीरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई १७१ रनको लक्ष्य दिएकोमा निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५, इफित्खार अहमदले ३२ र हरिस रौफले १३ रनको योगदान दिए । कप्तान बाबर आजम दोहोरो रनसमेत जोड्न नसकी ५ रनमै आउट भए ।

यसक्रममा श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ र चामिका करुणारच्नेले दुई र महेथ थिक्सेनाले १ विकेट लिए ।

श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षेले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए बनाए भने वानिन्दु हसरंगाले ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन जोडे ।

श्रीलंकाले सन् २०१४ पछि पहिलोपटक एसिया कप हात पारेको हो । यसअघि उसले ६ पटक यस्ता उपाधि पोल्टामा पारिसकेको छ ।

ब्याटिङ गर्दै श्रीलंका, यस्तो छ दुवै टोलीको सुरुवाती ११