NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कसले कतिपटक जितेको छ एसिया कप ?

काठमाडौं । १५ औँ संस्करणको एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । युएईमा गएराति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै टि–२० एसिया कपको उपाधि श्रीलंकाले जितेको हो ।

एसिया कप सन् १९८४ मा सुरु भएको हो । २०१४ सम्म एकदिवसीय प्रतियोगिता हुने गरेको थियो । तर, २०१६ देखि टि–२० पनि हुने गरेको छ । २०१६ मा टि–२० भए पनि फेरि २०१८ मा भने एकदिवसीय एसिया कप भएको थियो ।

यससँगै श्रीलंकाले पहिलोपटक टि–२० संस्करणको एसिया कप जितेको हो । यसअघि श्रीलंकाले १९८६, १९९७, २००४, २००८ र २०१४ मा एकदिवसीय एसिया कपको उपाधि जितेको हो । समग्रमा श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जित्न सफल भएको छ ।

यस्तै, भारत एसिया कपको सर्वाधिक ७ पटकको विजेता हो । भारतले १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६ र २०१८ मा एसिया कप जितेको छ । यसमध्ये २०१६ मा जितेको टि–२० हो ।

यसैगरी, पाकिस्तानले २००० र २०१२ गरी दुईपटक एसिया कपको उपाधि जितेको छ । यी दुवै संस्करण एकदिवसीय हुन् । पाकिस्तानले हालसम्म टि–२० संस्करणको एसिया कप जितेको छैन ।

बंगलादेश भने तीनपटक फाइनलमा पुगे पनि उपाधि जितेको छैन ।

त्यस्तै, अफगानिस्तान दुईपटक सुपर चारमा पुगेको छ भने युएई र हङकङ समूह चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।

टी–२० एसिया कपको उपाधि श्रीलंकाको पोल्टामा