NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एसिया कप जितेर श्रीलंकाले कति पुरस्कार पायो ?

काठमाडौं । युएई गएराति एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको श्रीलंकाले ट्रफीसहित एक लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ । यो करिब १ करोड ९१ लाख नेपाली रूपैयाँ बराबर हो ।

यस्तै, उपविजेता बनेको पाकिस्तानले भने ७५ हजार डलर अर्थात करिब ९५ लाख ३६ हजार रूपैयाँ पुरस्कारमा चित्त बुझाएको छ ।

त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका श्रीलंकाका वानिन्दू हसरंगाले १५ हजार डलर अर्थात १९ लाख ७ हजार प्राप्त गरे ।

यस्तै, फाइनलका उत्कृष्ट भएका श्रीलंकाकै भानुका राजापाक्षले ५ हजार डलर अर्थात करिब ६ लाख ३६ हजार रूपैयाँ प्राप्त गरे ।

श्रीलंकाले फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै छैठौं उपाधि जितेको हो ।

पछिल्लो समय श्रीलंकाको अर्थतन्त्र डामाडोल भएको छ । खेलाडीहरूले एसिया कप जितेर देशको दुःखमा केही मल्हम लगाएको विश्लेषण गरिएको छ ।

कसले कतिपटक जितेको छ एसिया कप ?