NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रदेशसभामा लोसपाबाट चलचित्रकर्मी श्रेष्ठ सिफारिस

काठमाडौं । चलचित्रकर्मी करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को काठमाडौं क्षेत्र नं. १ (ख)बाट प्रत्यक्ष तर्फबाट प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् ।

पाँच वर्षदखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठ उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको बताइएको छ ।

उनी लोसपाको बागमती प्रदेशको अध्यक्षसमेत हुन् ।

पछिल्लो समय श्रेष्ठले ‘राजनीतिमा युवा’ अभियान चलाइरहेका छन् ।

१९ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठ अहिले रिच इन्टरटेनमेन्ट नामक कम्पनीबाट फिल्म वितरण गर्ने गर्छन् । उनी अभिनेतासँगै चलचित्र निर्माता पनि हुन् ।