NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

श्रीलंकाविरुद्ध यसकारण खेल्दैछैनन् सावित्रा !

काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिप फुटबल २०२२ अन्तर्गत समूह बीको अन्तिम खेलमा नेपाल आज श्रीलंकाविरुद्ध उत्रँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलका

‘साम्बा’ उपनामले चिनिएकी नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी भने हुने छैनन् ।

सावित्रालाई डेंगी संक्रमण भएपछि उनी आज विश्राममा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

उनको स्थानमा रश्मीकुमारी घिसिङले सुरुवाती ११ मा स्थान पाएकी छिन् ।

नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

आजको खेलमा दुई गोलको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

भुटानविरुद्ध नेपालको फराकिलो जित