NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चिनियाँ नेताको भेटघाटले सर्वसाधारणलाई सास्ती : बानेश्वरमा पैदल हिँड्नसमेत दिइएन

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु नेपाल भ्रमणपछिको भेटघाटले काठमाडौं उपत्यकाको यातायात अस्तव्यस्त मात्रै बनाएन पैदल यात्रुलाई हिड्नसमेत रोक लगायो ।

चिनियाँ नेता ली आज बिहानैदेखि भेटघाटमा सक्रिय छन् । यसले गर्दा मध्यान्ह १२ बजेसम्म बानेश्वर क्षेत्रका फुटपाथमा सर्वसाधारणलाई हिँड्न रोक लगाएको थियो ।

लामो जाम हुँदा अत्यावश्यक काममा हिडेका सर्वसाधारण मारमा परिरहेका छन् । बिरामी लिएर हिँडेका एम्बुलेन्ससमेत रोकिएका छन् ।

काठमाडौंका यी क्षेत्रमा यातायात प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

 

नेपाल र चीनबीच भएको अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतामा के–के छ ?