NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एससिटीको दशैं धमाका : थ्रीडी अफर र ३३ प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेडले दमदार दशैं धमाका थ्रीडी अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३५ सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।

हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत  १ हजार २०० रूपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । एक हजार पाँच सय रूपैयाँ बराबरको पाेस कारोबारबारमा पाँच सय र तीन हजार रूपैयाँको कारोबारमा एक हजार क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफरमार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशत सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।

अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष