NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चोलेन्द्रको अन्तिम बयान सुरु

काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सुरु भएको छ ।

समितिले राणाविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी छन् । ती प्रश्नको उत्तर आएपछि बयान आजै सकिनेछ ।

हालसम्म उनले सिफारिस समितिले तयार गरेका ४३ मध्ये ३५ प्रश्नको जवाफ दिइसकेका छन् । उनले न्यायालयलाई हानी हुने कुनै काम पनि नगरेको दाबी गर्दै उल्टै विभिन्न मानिसका पोल खोलिदिएका छन् ।

यसअघि निलम्बित प्रधानन्यायाधीश राणाको बयान आजै सकिने भएपछि समिति आन्तरिक छलफलमा जुटेको थियो ।

यस्तै, समितिले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्वपदाधिकारीहरूलाई पनि बोलाउने निर्णय गरेको थियो ।

चोलेन्द्रको बाँकी बयान मङ्गलबार