NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

निश्चलको आक्रोश, ‘ज्यानभन्दा ठूलो भिआइपीको सवारी हुँदैन’

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुको सवारीका क्रममा सर्वसाधारणले भोगेको सास्तीप्रति चलचित्र निर्देशक निश्चल बस्नेतले आक्रोश पोखेका छन् ।

सवारीका कारण जाम भएका कारण एम्बुलेन्ससमेत रोकिएकोप्रति संकेत गर्दै उनले जनताको ज्यानभन्दा जनताको ज्यानभन्दा ठूलो भिआइपीको सवारी नहुने बताएका छन् ।

‘कसैले ती भिआइपीलाई सुनाइदिनु– तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भिआइपीहरूले एम्बुलेन्सभित्र छटपटाइरहेका ज्यानसमेत दाउमा राखेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यानभन्दा ठूलो सवारी कुनै भिआइपीको हुनु हुँदैन ।’

जनकंग्रेसका अध्यक्ष लीको भेटघाटले आज काठमाडौं उपत्यकाको यातायात अस्तव्यस्त मात्रै बनाएन पैदल यात्रुलाई समेत हिड्न रोक लगायो ।

आज मध्यान्ह १२ बजेसम्म बानेश्वर क्षेत्रका फुटपाथमा सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाएको थियो ।

लामो जाम हुँदा अत्यावश्यक काममा हिडेका सर्वसाधारण मारमा परिरहेका छन् । बिरामी लिएर हिँडेका एम्बुलेन्ससमेत रोकिएका थिए ।

चिनियाँ नेताको भेटघाटले सर्वसाधारणलाई सास्ती : बानेश्वरमा पैदल हिँड्नसमेत दिइएन

 

चिनियाँ नेता लीको भेटघाट हेरौं १० तस्बिरमा