NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टामा देशभर थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ७ सय १० पुगेको छ । मंगलबार कसैको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छैन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गएको २४ घण्टाको अवधिमा २ हजार २३२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

No photo description available.