NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सकियो चोलेन्द्रसँगको बयान

काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । आज आठवटा प्रश्नको जवाफ दिएपछि उनको बयान सकिएको हो ।

समितिले राणाविरुद्ध तयार पारेका सबै ४३ प्रश्नको उत्तर आएको बताइएको छ ।

राणाले न्यायालयलाई हानी हुने कुनै काम पनि नगरेको दाबी गर्दै उल्टै विभिन्न मानिसका पोल खोलिदिएका छन् । जसमा शीर्ष नेतादेखि न्यायाधीशसम्म छन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो ।

चोलेन्द्रको अन्तिम बयान सुरु