NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माधव नेपालको पार्टीले ३ प्रतिशत मत नकटाउने ओलीको भविष्यवाणी यस्तो छ

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधव नेपालको पार्टीले थ्रेसहोल्ड अर्थात् ३ प्रतिशत मत पनि नकटाउने दाबी गरेका छन् ।

नेपाल लोकतान्त्रिक तमु संघले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा ओलीले आगामी चुनावसम्म नेकपा एस कार्यकर्ताबिनाको पार्टी बन्ने जिकिर गरे ।

‘मैले गरेको भविष्यवाणी रेकर्ड गरेर राख्नोस् । माधव नेपालले आगामी निर्वाचनमा ३ प्रतिशत मत नै कटाउँदैनन्ु, उनले भने, मंसिरसम्ममा त्यो पार्टीमा कोही कार्यकर्ता नै हुँदैन। एक सिट जिताइदिनोस् ।’

कार्यक्रममा ओलीले प्रचण्डमाथि कटाक्ष गर्दै उनले माओवादीको भविष्य नभएको टिप्पणी गरे । उनले प्रचण्डको वरिपरी आफू र आफन्तबाहेक कोही नभएको बताए । प्रचण्डकै कारण माओवादी आन्दोलन समाप्त भएको उनले जिकिर गरे ।

ओलीले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पनि वैशाखपछि पाँच दल सेती नदिमा बग्ने भविष्यवाणी गरेका थिए। एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष