NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मधेशमा सम्बन्ध सुधारको प्रयासमा एमाले, कुन दलको स्थिति कस्तो छ ?

काठमाडौं । मंसिरमा ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशमा पहिलो दल बन्ने दाउमा एमाले रहेको छ ।

२०७४ को निर्वाचनमा चौंथो स्थानमा रहेको उसले वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले दोस्रो स्थानमा उक्लिएको थियो । मतपरिणामबाट अध्यक्ष केपी शर्मा ओली निकै हौसिएका देखिन्छन् ।

मधेशसँग विगतमा बिग्रिएको सम्बन्ध सुधारका लागि ओलीले मधेशलाई विशेष ध्यान दिएका छन् । शनिबार धनुषाको तिरहुतिया गाछीमा आयोजित सभामा ओलीले कांग्रेस, जसपालगायत दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।

एमाले प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेससभा सदस्य अञ्जुकुमारी यादव, लोसपाका केन्द्रीय सदस्य अरबिन्द साह, कांग्रेस धनुषाका युवा नेता सन्तोष यादवलगायत स्थानीय नेताकार्यकर्ताहरू रहेका छन् ।

नवप्रवेशीलाई पहिलो प्राथमिकतामा राखेको एमालेले पार्टी प्रवेशलाई अभियानकै रुपमा निरन्तरता दिने बताएको छ ।

आगामी असोज ८ गते एमालेले धनुषाको क्षेत्र नं. २ मा विशाल पार्टी प्रवेश कार्यक्रम राखेको छ । सिराहा, सर्लाही, महोत्तरी, सप्तरीलगायतका जिल्लाहरूमा पनि प्रवेशका ठूला कार्यक्रमहरू राखिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।

‘पार्टीका बारेमा छरिएका भ्रमहरू क्रमशः समाप्त हुँदैछन् । कुनै बेला केपी ओलीलाई मधेसमा प्रवेश गर्न दिन्नौँ भन्नेहरूको मुखुण्डो उत्रिएको छ’, उनले भने, ‘विगतमा मन्त्री, सांसद, मेयर, विभिन्न पार्टीका केन्द्रीय पदाधिकारी, जिल्ला पदाधिकारी जस्ता पद सम्हालेर काम गरिसकेका साथीहरू एमालेमा धमाधम प्रवेश गरिरहेका छन् । मधेसी जनतालाई अनेक भ्रम सिर्जना गरेर एमालेबाट टाढा बनाउन खोज्नेहरूका प्रयास असफल भइरहेका छन् ।’

कार्यक्रममा अध्यक्ष ओलीले मधेश लगायतका क्षेत्रमा नागरिकताका विषयमा एमालेप्रति भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसतर्फ विशेष ध्यान दिएर निर्वाचनको तयारी गर्न आग्रह गरे ।

०७४ को तुलनामा एमालेले मधेशसँग योपटक निकै सम्बन्ध सुधार गरेको देखिन्छ । मधेश आन्दोलनपछि एमाले र खासगरी ओलीमाथि मधेशविरोधी पहाडे राष्ट्रवादको अहंकार रहेको आरोप लाग्दै आएको थियो ।

‘नागरिकताको सवालमा अन्य दलहरूले एमालेविरुद्ध भ्रम छर्न खोजेका छन् । एमाले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको छ’, ओलीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले भ्रमको राजनीति गरिरहेका छन् । विरोधीका भ्रमलाई चिर्दै एमाले आफ्नै बलबुतामा आगामी निर्वाचनमा बहुमत ल्याउन चाहन्छ । बहुमत ल्याउने गरी तपाईंहरू तयारी गर्नोस् ।’

आठ जिल्ला रहेको मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । २०६३ मा भएको मधेश आन्दोलनपछि मधेशकेन्द्रित क्षेत्रीय दल मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टीलगायत पार्टीको दबदबा रहेको थियो । २०७४ को निर्वाचनसम्म मधेश केन्द्रित दलहरूले संघमा ३४ सिट जितेका थिए । मधेश प्रदेशमा एक सरकार बनाएका थिए । देशभर वामपन्थीहरूले अत्याधिक बहुमत ल्याउँदा यो प्रदेशमा कांग्रेस, एमाले र माओवादी मिल्दासमेत बहुमत पुग्न सकेको थिएन । सत्ता केन्द्रित राजनीति, क्षेत्रीय संकीर्णता तथा पटक–पटक विभाजन भएका यी दलहरूलाई आगामी निर्वाचनमा अस्तित्व जोगाउन निकै हम्मे पर्ने देखिन्छ । क्षेत्रीय दल कमजोर भएको फाइदा उठाउन एमाले, कांग्रेस र माओवादीले मधेशप्रदेशलगायत अन्य प्रदेशसँग जोडिएका तराईका जिल्लाहरूमा आफ्नो पकड बनाउने रणनीति बनाइरहेका छन् ।

मधेशसँग एमालेको सम्बन्ध सुधारको प्रयास

०७४ को तुलनामा एमालेले मधेशसँग योपटक निकै सम्बन्ध सुधार गरेको देखिन्छ । मधेश आन्दोलनपछि एमाले र खासगरी ओलीमाथि मधेशविरोधी पहाडे राष्ट्रवादको अहंकार रहेको आरोप लाग्दै आएको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले ओलीले मधेशमाथि हेर्ने दृष्टिकोण नबदले र नागरिकता विधेयक संशोधन नभएसम्म एमालेसँग सहकार्य नै नगर्ने अडान लिएका थिए ।

मधेस आन्दोलनमा घाइते भएकालाई उचित क्षतिपूर्ति, मारिएकालाई सहिद घोषणा, मुद्दा फिर्ता र वन्दी रिहाइ गर्नुपर्ने शर्त अगाडि सारेका थिए । ०७६ जेठ मा ओली सरकार र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि एमालेमाथि मधेशी समूदायले हेर्ने दृष्टिकोणमा केही सुधार आएको लोसपाका नेता राजेन्द्र महतो बताउँछन् ।

‘एमाले र ओलीसँग विगतमा हाम्रा केही मतभेद थिए । त्यसमा अहिले केही सुधार आएको छ । आगामी निर्वाचनमा एमालेसँगै चुनावी सहकार्य गर्नेगरी छलफल अगाडि बढिरहेको छ’, उनले भने, ‘तर अझैपनि जेलमा परेका राजनीति आस्थाका वन्दीहरूको रिहाइ भएको छैन । राज्यले लगाएका झुटा मुद्दा खारेज भएको छैन । यी सबै विषयमा एमालेसँग छलफल गरी सहकार्य गर्न तयार छौं ।’

६ बुँदे सहमतिपछि तत्कालीन जसपाका अध्यक्ष महन्थ ठाकुरपक्ष ओली सरकारमा सहभागी भएका थिए । तर कामचलाउ सरकारका प्रधानमन्त्रीले सरकार बिस्तार गर्न नपाउने ठहर गर्दै सर्वोच्च अदालतले ओली सरकारका २१ जना मन्त्रीलाई बर्खास्त गरेको थियो ।

०७४ को निर्वाचनमा मधेशमा एमालेको स्थिति यस्तो

मधेश प्रदेशमा ०७४ को चुनावमा पाचौं स्थानमा रहेको एमाले हालै सम्पन्न स्थानीय निर्वाचनमा घेराबन्दीका बाबजुद दोस्रो स्थानमा उक्लिएको एमालेको ठहर छ । पार्टी प्रवेश र मधेशका जिल्लाहरूबाट आइरहेका रिपोर्टहरूका आधारमा आगामी निर्वाचनमा मधेशमा एमाले पहिलो बन्ने देखिएको रिजालको दाबी छ ।

निर्वाचन आयोगका अनुसार २०७४ को निर्वाचनमा एमालेले मधेश प्रदेशबाट जम्मा २ लाख ४९ हजार ७३४ मत ल्याइ चौंथो स्थानमा रहेको थियो । कांग्रेस ३ लाख ७० हजार ५५० मत ल्याएर पहिलो दल बनेको थियो । राजपा ३ लाख १८ हजार ५२४ मतसहित दोस्रो र संघीय समाजवादी फोरम २ लाख ८४ हजार ७२ मत तेस्रो दल बनेको थियो । माओवादी केन्द्र १ लाख ८२ हाजार ६१९ मत ल्याइ पाचौं स्थानमा रहेको थियो ।

यस्तो छ ०७४ को निर्वाचनमा मधेशमा दलगत स्थिति

सप्तरी–१ कांग्रेस १०२०९, एमाले १०८०७, माओवादी ६६५०, राजपा ९९२८, संघीय समाजवादी फोरम ९०७१
सप्तरी–२ कांग्रेस ३१४५, एमाले २५९५, माओवादी ६२७१, राजपा ११४२२, संघीय समाजवादी फोरम १२४२५
सप्तरी–३ कांग्रेस १५७८१, एमाले ७५२७, माओवादी १४३०, राजपा १७५६०, संघीय समाजवादी फोरम ४४४९
सप्तरी–४ कांग्रेस १६१६६, एमाले ९५९६, माओवादी ४४६९, राजपा ८६८९, संघीय समाजवादी फोरम ६५४५
सिराहा–१ कांग्रेस १९१८९, एमाले १८८५३, माओवादी १९८८, राजपा १८६५, संघीय समाजवादी फोरम १३१५६
सिराहा–२ कांग्रेस १२८९८, एमाले १०७१२, माओवादी ९०९९, राजपा १५६९, संघीय समाजवादी पार्टी १५२९३
सिराहा–३ कांग्रेस ११२४३, एमाले १५९५९, माओवादी ६१७७, राजपा १८४७, संघीय समाजवादी फोरम १५९३३
सिराहा–४ कांग्रेस ९२१३, एमाले ७१९२, माओवादी १०३९४, राजपा १४९५६, संघीय समाजवादी फोरम ३४७५
धनुषा–१ कांग्रेस ११५९२, एमाले ९१८९, माओवादी १३९९२, राजपा ८१६३, संघीय समाजवादी फोरम १०००७
धनुषा–२ कांग्रेस १३११९, एमाले ६८९०, माओवादी ९८०६, राजपा ५९४२, संघीय समाजवादी फोरम २४२८६
धनुषा–३ कांग्रेस २४०९७, एमाले ५६५८, माओवादी १०२४, राजपा २५५०८, संघीय समाजवादी फोरम १०९१
धनुषा–४ कांग्रेस १३३९१, एमाले १६४१३, माओवादी २३५६, राजपा १२३९६, संघीय समाजवादी फोरम १५७२९
महोत्तरी–१ कांग्रेस ८३४४, एमाले ६३३६, माओवादी १४८५८, राजपा ७०४६, संघीय समाजवादी फोरम १०२८४
महोत्तरी–२कांग्रेस ११८००, एमाले ९७४, माओवादी २८३४, राजपा २५८०८, संघीय समाजवादी फोरम २८६८
महोत्तरी–३ कांग्रेस ३४१७, एमाले ४०३१, माओवादी २४९८, राजपा १९६३५, संघीय समाजवादी फोरम ३६९२
महोत्तरी–४ कांग्रेस १०४५९, एमाले २३५३, माओवादी ९०८३, राजपा ७७१२, संघीय समाजवादी फोरम १२७०७
सर्लाही–१ कांग्रेस १२९९५, एमाले १३५०८, माओवादी ७१०९, राजपा १९४९४, संघीय समाजवादी फोरम १४३६
सर्लाही–२ कांग्रेस १५१०१, एमाले ३२८९, माओवादी २९७८, राजपा २३९९८, संघीय समाजवादी फोरम ५११६
सर्लाही–३ कांग्रेस ११२२७, एमाले ११५२२, माओवादी १०४४२, राजपा १०८५५, संघीय समाजवादी फोरम ८८८८
सर्लाही–४ कांग्रेस २३३९८, एमाले २७८२, माओवादी ९२३६, राजपा १८२३८, संघीय समाजवादी फोरम १२१६
रौतहट–१ कांग्रेस ९६२४, एमाले ६४५६, माओवादी ६२३७, राजपा १५८६३, संघीय समाजवादी फोरम ५९३३
रौतहट–२ कांग्रेस १६३१७, एमाले ११०१६, माओवादी ३४५१, राजपा ३६३९, संघीय समाजवादी फोरम ११००५
रौतहट–३ कांग्रेस ११०११, एमाले ४७१०, माओवादी १८३०५, राजपा १२७४७, संघीय समाजवादी फोरम ६११७
रौतहट–४ कांग्रेस १८५६६, एमाले १६६३६, माओवादी ५२७७, संघीय समाजवादी फोरम २३०९
बारा–१ कांग्रेस १८५५२, एमाले १६६१४, माओवादी ५०३९, राजपा १३००९, संघीय समाजवादी फोरम २१९०
बारा–२ कांग्रेस ११७६९, एमाले ५८९०, माओवादी ३०८०, राजपा ४६५२, संघीय समाजवादी फोरम २१६०६
बारा–३ कांग्रेस ११०४९, एमाले ११५९३, माओवादी ४४३१, राजपा ११८८, संघीय समाजवादी फोरम १७७९४
बारा–४ कांग्रेस ११०७७, एमाले १२८४६, माओवादी ५८३७, राजपा १८३५४, संघीय समाजवादी फोरम १६६५
पर्सा–१ कांग्रेस १२१४३, एमाले ४२८६, माओवादी २३७०, राजपा १७४४, संघीय समाजवादी फोरम १८१९९
पर्सा–२ कांग्रेस १५९९७, एमाले ५०६०, माओवादी १९४१, राजपा ४१०५, संघीय समाजवादी फोरम १५४१३
पर्सा–३ कांग्रेस ११३२४, एमाले ८३७२, माओवादी १८९४, राजपा ४१४३, संघीय समाजवादी फोरम १०४९४
पर्सा–४ कांग्रेस १११२८, एमाले ४४३८, माओवादी ५६१४, राजपा ७४२२, संघीय समाजवादी फोरम ९७१५

यस्तो छ स्थानीय निर्वाचन – ०७९ मा दलगत स्थिति

स्थानीय तह निर्वाचनको मतपरिणामको आधारमा एमालेले ०७४ कोभन्दा दोब्बर बढी मत वृद्धि गरेको देखिन्छ । एक करोड ७७ लाख मतदातामध्ये मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेका थिए । खसेको सदर मतमध्ये एमालेले ४ लाख ९६ हजार ९४३ मत पाएको देखिन्छ । यो मत वडाध्यक्षले पाएको मत हो । ३२ जिल्लामध्ये धनुषा, बारा, पर्सा र रौतहटमा एमालेको स्थिति दोस्रो स्थानमा रहेको छ । कांग्रेस पहिलो स्थानमा रहेको छ । माओवादी केन्द्र, जसपा र लोसपाबीच तेस्रो स्थानमा प्रतिस्पर्धा देखिन्छ । एमालेबाट विभाजन भइ बनेको दल एकीकृत समाजवादी रौतहट १ बाहेक अन्यमा छैटौं स्थानमा रहेको देखिन्छ ।

धनुषा–१ कांग्रेस १८५१४, एमाले १६५८१, माओवादी १२३४३, जसपा ९०२०, लोसपा ६६२४, राप्रपा ४९४६, जनमत पार्टी ३३२०, एस २९३७
धनुषा–२ कांग्रेस २१२३२, जसपा १३८८९, एमाले ११५८३, माओवादी १०७९४, एस ८९९७, लोसपा ६७१३, जनमत पार्टी ४२८३, राप्रपा २१३
धनुषा–३ कांग्रेस २२४२८, एमाले १७०९६, लोसपा ८७६३, जसपा ८२४३, एस ३७२५, जनमत पार्टी २४९१, माओवादी ६६५, राप्रपा ५०१
धनुषा–४ कांग्रेस २५१९५, एमाले २३६३०, जसपा ८३७८, एस ८१६४, माओवादी ४४३४, लोसपा २१८४, जनमत पार्टी १९५०, राप्रपा ५१४
पर्सा–१ जसपा १५७०६, एमाले १३३३५, कांग्रेस १२९०२, माओवादी ३७४६, लोसपा २०८६, एस १६०३, राप्रपा ५७७
पर्सा–२ कांग्रेस २०८१९, एमाले १६९३५, जसपा १५३२८, लोसपा ३३१३, एस २०९२, माओवादी १९९५
पर्सा–३ कांग्रेस २४११९, एमाले २००६३, जसपा १०७८७, लोसपा २८८७, माओवादी २७८०, एस १४६०, राप्रपा ५१०
पर्सा–४ कांग्रेस २३०९१, एमाले १८११८, जसपा १३६२७, माओवादी ५८९६, लोसपा २१२३, एस १३३६, राप्रपा ३८९
बारा–१ कांग्रेस ३२३५६, एमाले २५८०८, लोसपा ९५०५, माओवादी ६३४३, जसपा ६१४३, राप्रपा १९७३, एस १९४०
बारा २ कांग्रेस २१६५२, जसपा २०८२४, एमाले १७९२९, लोसपा ६७१६, माओवादी ४६४०, एस ४१०५
बारा–३ एमाले २३६५४, कांग्रेस १७५५४, जसपा ११२७९, माओवादी ८२४८, एस ३३९५, लोसपा २२०६, राप्रपा ८३८
बारा–४ एमाले २११६७, कांग्रेस १६५८९, लोसपा १५०८०, माओवादी ९०१३, जसपा ५६९१, एस ५०१९, राप्रपा ११५४
महोत्तरी–१ माओवादी १५८८८, कांग्रेस १३१४६, एमाले ८०३४, जसपा ७२३४, लोसपा ७०६९, एस १५०८, राप्रपा ४७८
महोत्तरी–२ लोसपा १७५७७, कांग्रेस १६९३८, जसपा ८५३२, एमाले ७०५७, माओवादी ६५०६, एस ११९६, राप्रपा १२९
महोत्तरी–३ जसपा १४३५७, लोसपा १२७३५, एमाले १०८२०, कांग्रेस ९०४३, माओवादी ५१९५, एस २५७०, राप्रपा ६१८
महोत्तरी–४ कांग्रेस १७७१८, लोसपा ११३५३, एमाले १०३९६, जसपा ९७०९, माओवादी ७८१३, एस ९८५, राप्रपा १९७
रौतहट–१ एस १९६९८, कांग्रेस १६९२८, लोसपा १२०६२, जसपा ८२४१, माओवादी ८१९१, एमाले ७३८५
रौतहट–२ कांग्रेस २०४०७, एमाले १६१५९, जसपा ११५२४, एस १०२६७, माओवादी ८२२३, लोसपा ५२७३, जनमत पार्टी १२०७
रौतहट–३ एमाले २१७२९, कांग्रेस १९२४१, एस ११७३६, माओवादी ११२७९, जसपा ९४८३, जनमत पार्टी १२९०, लोसपा १०९७
रौतहट–४ कांग्रेस २४१५१, एस १५५३४, माओवादी १५०३३, एमाले १२९७५, जसपा ६१३४, राप्रपा ६१२, जनमत पार्टी ६०८, लोसपा ५५३
सप्तरी–१ कांग्रेस २१४५६, एमाले १७१५८, जसपा १७१३७, जनमत पार्टी ९४३३, माओवादी ८४९६, लोसपा १६४६, एस ७४२, राप्रपा ७२९
सप्तरी–२ जसपा १४४०३, कांग्रेस १०८०७, लोसपा १०४३५, माओवादी ९५३४, एमाले ५९५१, जनमत पार्टी ४५४२, एस २४०८, राप्रपा १०४८
सप्तरी–३ जसपा १९४५८, कांग्रेस १८३२३, एमाले १४१५९, लोसपा ७७४८, एस ५२२६, माओवादी ४७५१, जनमत पार्टी ३६६५, राप्रपा १२२७
सप्तरी–४ कांग्रेस १६९७५, जसपा १५६८२, एमाले १००४४, एस ८४५०, माओवादी ६९२०, जनमत पार्टी ५४०२, लोसपा ३८४८, राप्रपा ५०३
सर्लाही–१ कांग्रेस २५८३२, एमाले १७८१९, माओवादी १५९९५, लोसपा ६४६६, एस ६०४१, जसपा ४९७१, राप्रपा १०५३, जनमत पार्टी ६८१
सर्लाही–२ कांग्रेस २४६२०, जसपा १९६४२, लोसपा १२३६६, माओवादी ७७३७, एमाले ७६७९, जनमत पार्टी ३०४२, एस २२२१, राप्रपा ७४२
सर्लाही–३ एमाले २३०९६, कांग्रेस २२७६२, माओवादी २१०८६, जसपा १३०४६, एस ३५५४, लोसपा ११६६, राप्रपा ११०३, जनमत पार्टी ६९३
सर्लाही–४ कांग्रेस २३१३१, माओवादी १८६१५, लोसपा १४७३१, एमाले ११६७४, जसपा ६४३३, जनमत पार्टी २६१२, एस ६०९, राप्रपा ३९७
सिरहा–१ कांग्रेस २०७८७, एमाले १६१५२, जसपा ११४५१, एस ७४८६, माओवादी ३९९८, जनमत पार्टी १२२१
सिरहा–२ जसपा २१०९७, कांग्रेस १९४७४, एमाले १८३५८, माओवादी ११६५८, जनमत पार्टी ५१०१, एस ३९२३, लोसपा ९७९, राप्रपा २५३
सिरहा–३ एमाले २०३२८, कांग्रेस १८०२६, जसपा १४८९३, माओवादी ९४८१ एस ६२७४, जनमत पार्टी १५७७, राप्रपा ९५४, लोसपा २५८
सिरहा–४ एमाले १४६७१, जसपा १३६१४, कांग्रेस १२८०६, माओवादी ११६८६, जनमत पार्टी ६१४२, एस ३६००, राप्रपा १२४४, लोसपा १९७

मधेशमा १८ सिट जित्ने दाबी

एमालेले आगामी निर्वाचनमा मधेश प्रदेशमा एक्लै गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने दाबी गरेको छ । स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको थियो । वडाध्यक्षले पाएको मतको आधारमा एमालेले लोकप्रिय मत पाएपछि आसन्न निर्वाचनमा पनि एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको हो ।

उसले एक्लै मधेशमा १८ देखि २० सिट जित्ने दाबी गरेको छ । एक्लै चुनावी प्रतिस्पर्धा गर्ने भनिएपनि आवश्यकता हेरी लोसपा र राप्रपा घटकसँग चुनावी तालमेल गर्ने तयारी एमालेले गरेको छ ।

‘एमालेको मधेशमा कुनै गुटबन्दी छैन । आगामी निर्वाचनमा हामी एक्लैले २० सिट जित्छौं । कुनै दलसँग सहकार्य गर्ने पक्षमा एमाले छैन’, केन्द्रीय सदस्य ज्वालाकुमारी साहले भनिन् ।

स्थानीय तहमा पाएको मत संघीय निर्वाचनको मतपरिणामसँग त्यति सान्दर्भिक नहुन पनि सक्छ । यसबीचमा थपिएका नयाँ मतदाता, पार्टीको एजेण्डा र उम्मेदवारको व्यक्तित्वको आधारमा समग्र निर्वाचनलाई प्रभावित पार्न सक्छ ।

राष्ट्रपतिकहाँ प्रमाणितका लागि लगिएको नागरिकता विधेयक एमालेकै कारण अड्किएको सत्तापक्षको आरोप छ । दुवै सदनबाट पारित भएको ‘नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक ०७९’ राष्ट्रपति भण्डारीले १५ दिन अड्काएर गत साउन २९ मा सदनमै फिर्ता गरेकी थिइन् । राष्ट्रपतिको गतिविधिबाट रुष्ट भएका सत्तापक्षका सांसदहरू विधेयकमा कुनै संशोधन नगरी जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि शितल निवास पठाएको छ । नागरिकतालाई राष्ट्रियतासँग जोडेर एमालेले भोटको राजनीति गरेको उनीहरूको आरोप छ ।

यीबाहेक स्थानीय तह निर्वाचनबाट मौलाएको आन्तरिक गुटबन्दी, अन्तर्घातको अन्त्य र विरोधीको आरोपलाई चिर्दै एमालेले मतपत्रको बाकसबाट नै मधेशी जनताको मन जित्न अझ धेरै पापड पेल्नुपर्ने देखिन्छ ।